Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

Exam Schedule: 5 Years B.A LLb 5th Year 2076

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ को २०७७ सालमा संचालन हुने कानून संकायतर्फ ५ वर्षे वी.ए. एल.एल. वी. पाँचौ वर्षका पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ । 

 परीक्षा समयः विहान ८.०० बजेदेखि ११.००बजेसम्म        काठमाण्डौ उपत्यकाको परीक्षा केन्द्र : महेन्द्ररत्न क्याम्पस, ताहाचल

Date

Code

Subjects

2077/10/18

Law-581

International Institutions and Human Rights

2077/10/20

Law-582

Company and Corporation

2077/1022

Law-583

Juvenile Delinquency

2077/10/25

Law-584

Interpretation of Statutes

2077/10/26

Law-585

Law of Banking & Negotiable Instrument

2077/10/28

Law-586

Professional Ethics and lawyering Skills

2077/10/30

Law-590

Victimology

2077/11/02

Law-591

Forensic Medicine

2077/11/04

Law-592

Intellectual Property

2077/11/06

Law-593

Cyber Law

2077/11/07

Law-594

Population Law

2077/11/09

Law-595

International Humanitarian law


विषेश सूचना

यसै कार्यक्रमानुसार ५ वर्षे वि.ए.एल.एल.वि. पाँचौ वर्षको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले त्यस्ता      क्याम्पसका परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोव्वर दस्तुर सहित २०७७ माघ ०५ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७७ माघ ०७ गते भित्र आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरीएको छ ।

द्रष्टव्यः

१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।
२. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन । 
३. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो.प. मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।
४. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला । 
५. परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ । 
६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । 
७. परीक्षा भवनभित्र मोबाइल फोन,स्मार्ट वाच,व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राघ्यक्षले त्यस्ता 
सामान जफत गर्न सक्नेछ ।                                                                                        
८. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन । 
९. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपांगता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।
१०. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत: रद्द हुनेछ ।

परीक्षा नियन्त्रक


Notices

अत्यन्त जरुरी सुचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप संचालित स्नातक तह तृतीय वर्षको परीक्षा आवेदन फारम भर्न छुट भएका परीक्षार्थीहरुलाई २०७७ माघ ७»»

View More »


स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवनविश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय, बल्खु                 स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय»»

View More »


स्नातकोत्तर तह प्रथम वर्ष र एक वर्षे वि.एड मौका समेतका काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना |

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु स्नातकोत्तर तह प्रथम वर्ष र एक वर्षे वि.एड मौका समेतका काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक»»

View More »