Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

श्री सम्बन्धित सबै क्याम्पसहरु :- ५ बर्षे वीए.एल.एल.वी. प्रथम वर्ष र दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने–भराउने सम्वन्धमा ।

श्री सम्बन्धित सबै क्याम्पसहरु ।

विषय : ५ बर्षे वीए.एल.एल.वी. प्रथम वर्ष र दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने-भराउने सम्वन्धमा ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने ५ बर्षे वीए.एल.एल.वी प्रथम वर्ष र दोस्रे वर्ष २०७६ का आंशिक परीक्षा दिने विद्यार्थीहरुलाई २०७६ साल कार्तिक १८ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराइन्छ । साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै  हुनेछ । २०७६ साल कर्तिक १८ गते पछि एक हप्तासम्म दोब्बर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन । साधारण म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा चेक, ड्राफ्ट वा भौचर सहित उक्त फारम बुझाई सक्नु पर्नेछ र दोब्बर दस्तुरको पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा चेक, ड्राफ्ट वा भौचर सहित उक्त फारम क्याम्पसहरुले बुझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरीएको छ ।

पुनश्च : समय सिमा भित्र रहेका परीक्षार्थीहरुले÷लाई मात्र परीक्षा फारम भर्न/भराउन सूचित गरिन्छ अन्यथा परीक्षा नियन्त्रण कार्यालय जवाफदेही हुने छैन ।

परीक्षा नियन्त्रक


Notices

परीक्षा नियन्त्रण कार्यालय बल्खुको अत्यन्त जरूरी सूचना

त्रिभुवन विश्वविद्यालय केन्द्रिय परीक्षा सञ्चालक समितिको मिति २०७६ साल चैत्र २७ गतेको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख»»

View More »


Important Notice.

. »»

View More »


परीक्षा सम्बन्धी अत्यन्त जरुरी सुचना |

. »»

View More »